निजामती कर्मचारीहरुलाई आफ्नो तह बृद्धिका लागि ५ दिनभित्रै निवेदन दर्ज गर्न बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै आगामी ५ दिनभित्रैमा तह बृद्धिका लागि निवेदन दिन आह्वान गरेको हो । मन्त्रालयको अस्ति १४ गतेको सचिवस्तरीय निर्णयबाट यस्तो सूचना प्रकाशन गरिएको हो । मन्त्रालयका अनुसार आवश्यक योग्यता र सेवा अवधि पुगेका कर्मचारीले आगामी ५ दिन अर्थात २० गतेभित्र आवेदन दिनुपर्नेछ ।

मन्त्रालयले तोकिएको समयसीमाभित्र र रित नपुगी प्राप्त भएको निवेदन उपर कारवाही नहुने जनाइएको छ । सूचना अनुसार,उक्त तह वृद्धिका लागि तह बृद्धि हुने भन्दा एक तह मुनी कम्तिमा पाँच बर्ष अवधि पूरा भएको कागजपत्र तथा तह वृद्धिका लागि अध्यादेशमा तोकिए बमोजिम शैक्षिक योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपी पेश गर्नुपर्ने छ ।