थाहा नगरपालिकाको आयोजनामा प्रारम्भिक एकीकृत बाल विकासको एकीकृत योजना तर्जुमा गोष्ठी मकवानपुरको चित्लाङमा भएको छ ।

थाहा नगरको आयोजना तथा एकीकृत ग्रामिण विकास संस्था (आइभीडिएस) र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा थाहा नगरपालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । दुईदिनसम्म संचालन भएको तालिमका सहभागिहरुलाई मिनाछी दाहाल, नर बहादुर पाख्रिन र सन्जिव कुमार जोशीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्लान इन्टरनेशनलका किरण भण्डारी, मिहिर कुमार झा तथा एकीकृत ग्रामिण विकास संस्थाकी अनिषा घलेको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा थाहा नगरपालिकाको एकीकृत प्रारम्भिक बाल विकास योजना बनाउने विषयमा छलफल भएको थियो ।

यसैबीच थाहानगरले एकीकृत प्रारम्भिक बाल विकास योजना निर्माण गर्ने भएको छ । यसका लागि पालिकाले पनि सघाउने भएको छ । योजना निर्माणका लागि प्लान इन्टर नेशनल र आइभीडिएसले सहकार्य गरिदिन पालिकाले अनुरोध गरेको छ ।