राष्ट्रिय सूचना आयोगले आफ्नो स्थापना दिवसको अवसरमा उत्कृष्ट ५ जना सूचना अधिकारीलाई पुरस्कृत गर्ने भएको छ ।

आयोगले आफ्नो स्थापना दिवसको अवसर पारेर ५ जना उत्कृष्ट सूचना अधिकारीहरुलाई पुरस्कृत गर्ने भएको हो । २२ वैशाखमा आयोगले आफ्नो स्थापना दिवस मनाउँदैछ सो अवसरमा आयोगले दिने गरेको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कारबाट पर्वतका दुर्गा आचार्य,सप्तरीका कैलाश माझी,धनगढी कैलालीका उमिद बागचन्द र पर्साका मनोज रौनियारलाई पुरस्कृत गर्दैछ ।

यस्तै आयोगले उत्कृष्ट सूचना अधिकारी पुरस्कारका रुपमा ५ जना कर्मचारीहरुलाई पुरस्कृत गर्न लागेको छ । सूचना मागकर्ताले माग गरेको सूचना र त्यस्को गम्भीर्यताका आधारमा उपलव्ध गराएको सूचना र सोको मुल्यांकन गरी देशैभरीबाट उत्कृष्ट सूचना अधिकारीका रुपमा चौदण्डीगढी नगरपालिकाका सूचना अधिकारी सत्यनारायण हुजदार,व्यास नगरपालिकाको सूचना अधिकारी गोकर्णराज वाग्ले,जिसस बाग्लुङका सूचना अधिकारी दुर्गा प्रसाद शर्मा,कमलामाई नगरपालिका सिन्धुलीका सूचना अधिकारी इ निर्मल लामा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाका सूचना अधिकारी राजु अर्याल पुरस्कृत हुन लागेका हुन ।


यस्तै आयोगले उपसचिव विश्वबन्धु पौडेल,शाखा अधिकृत डिल्लीराम भट्ट र नासु हेमन्त रिज्याललाई उत्कृष्ट कर्मचारी ०७९ बाट पुरस्कृत गर्न लागेको छ ।

पालिका प्रेस
थप जानकारी