उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बाँसको मुढा बनाउने ७ दिने तालिम सुरु भएको छ । लिम्चुङबुङ गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा स्थानीय गरिब तथा विपन्न ६ जनालाई बाँसको मुढा बनाउने तालिम दिन लागिएको हो ।

२९ मंसिरदेखि सुरु भएको तालिम ६ पुससम्म सञ्चालन हुनेछ । तालिममा सहभागी भएका विपन्न नागरिकलाई सीप सिकेर जीविकोपार्जन गर्न सहज हुने विश्वास पालिकाको छ । सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यअनुसार तालिम सञ्चालन गरिएको उद्यम विकास शाखा प्रमुख हापेन्द्र भट्टराईले बताए । उनका अनुसार दलित महिला ५ र निम्न वर्गका विपन्न १ गरी ६ जना तालिममा सहभागी भएका छन् ।