मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा होटल व्यवसाय गर्दै आएकी कल्पना कार्की फर्सदको बेला धुप बाट्छिन् । कल्पना विहान बेलुकी होटलको काम भ्याएर धुप बाट्न पनि भ्याउँछिन् । होटलका साथै धुपबाट पनि उनी थोरबहुत आम्दानी गर्छिन् । धुप बाटेर उनले घरको खर्चमा भरथेग गर्छिन् । धुपको कच्चा सामान भने उनले काठमाण्डौंबाट झिकाउँछिन् ।

धुप बनाउने सीप उनलाई थाहानगर उद्योग वाणिज्य संघले दिएको हो । उनले उद्योग वाणिज्य संघले दिएको तालिमबाट नै सीप सिकेर काम गरी आम्दानी लिन थालेको बताइन् । कल्पना र उनका श्रीमान विष्णु मिलेर शिखरकोटमा कृष्ण भोजनालय एण्ड लज संचालन गरेका छन् । नगरको ग्रामिण भेग आग्रातिरबाट आउने ग्राहक उनको होटलमै बस्छन् । आग्राबाट आएर व्यवसाय गरेका भएर पनि कल्पना दम्पत्तीको होटल त्यस भेगका मानिसहरुको आँखा परिहाल्छ । उनीहरु खान्की पनि पारिवारिक वतावरणमा खुवाउँछन् । अनि सुत्ने व्यवस्था पनि उस्तै पारिवारिक वातावरणमै छ ।

उनै कल्पनाको हाम्रा सहकर्मी गणेश विष्टले आफ्नो क्यामेरमा कैद गरेका फोटोहरुः

गणेश विष्ट
थप जानकारी