मकवानपुरको थाहानगरका गाईपालक कृषकहरुलाई थाहा नगरपालिकाले सहयोग उपलब्ध गराएको छ ।१० जेठमा बज्रवाराहीमा एक कार्यक्रमको आयोजना गरी सो क्षेत्रका १३ जना गाईपालक कृषकहरुलाई गाईपालनमा अनुदान तथा अन्य सहयोग उपलब्ध गराइएको भेटेरीनरी अधिकृत राघवेन्द्र मिश्रले जानकारी दिए ।

कृषकहरुलाई नगरपालिकाको तर्फबाट अनुदान रकमसहित क्याल्सियम, लिभर टोनिक, घाँसको बीउ लगायत सामग्री वितरण गरिएको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत् सो सहयोग उपलब्ध गराइएको अधिकृत मिश्रले जानकारी दिए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, भेटेरीनरी अधिकृत मिश्र, वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, आन्तरिक लेखा परीक्षण सहायक सन्दिप पौडेल, प्राविधिक सहायक मनिषा मगर, पशु स्वास्थ्य प्रविधिक विकेश कार्की लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी