मकवानपुर थाहा नगरपालिकाको पशु विकास शाखाले गाईका लागि म्याट अर्थात् काउम्याट उपलब्ध गराएको छ । पशु विकास शाखा शिखरकोटमा एक कार्यक्रमको आयोजना गरी तीनवटा गाई फार्मलाई म्याट उपलब्ध गराइएको शाखाकी प्राविधिक सहायक मनिषा मगरले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार लामिछाने गाई तथा कृषि फार्म, डाँडाघरे बाको कृषि तथा पशुपंक्षी फार्म र रितिका कृषि तथा पशु फार्मलाई गरी ७ वटा काउम्याट उपलब्ध गराइएको हो ।

नगरपालिकाका भेटेरीनरी अधिकृत राघवेन्द्र मिश्रले फार्म सञ्चालकहरुलाई काउम्याट प्रदान गरेका थिए ।

पालिका प्रेस
थप जानकारी