तीन महिना अघिसम्म चन्द्रबहादुर गुरुङ दाङको राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी थिए । बिहानै ९ बजे कार्यालय पुग्थे, सरसफाइ गर्थे, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानी पुर्याउँथे ।
दिनभरको समयमा उनी वडामा आएका सेवाग्राहीलाई सोधपुछ गर्थे र कामकाजमा सघाउँथे । उनै ३२ वर्षका चन्द्रबहादुर ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । संयोग पनि कस्तो भयो भने जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । चन्द्रबहादुरलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकैपटक नेतृत्व गर्ने ठाउँमा पुर्याइदिएका छन् । भन्छन्, ‘जीवनमा नसोचेको भयो ।’
उम्मेदवार टुंगो नलागुन्जेलसम्म उनी कार्यालयमा गएर दैनिक कामकाज गर्थे । वडाध्यक्षमा उठ्ने चर्चा सुनेका धेरैले उनलाई वडाध्यक्ष हुने शुभकामना दिए । ‘सबै काम जानेको र युवा नै उठ्नुपर्छ भनेर धेरैले हौस्याए’, उनले भने, ‘त्यही उर्जाले म निर्वाचनमा होमिएँ ।’ गत चैतमा उनले जागिरबाट राजिनामा दिएर चुनावी तयारी थाले ।
वडाअध्यक्षका लागि चन्द्रबहादुरसहित पाँच जनाको नाम सिफारिस भएको थियो । जसमा निर्वतमान अध्यक्ष गोकर्णबहादुर रानामगर पनि थिए । त्यही कारण उनले टिकट पाउने सम्भावना धेरै कम थियो । तर अन्तिममा पार्टीले उनलाई नै उम्मेदवार बनायो ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्