थाहा नगरपालिका वडा नम्बर ९ निवासी इन्जिनियर सजन श्रेष्ठले आफू प्रावितह अध्ययन गरेको विद्यालयका ८० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
महालक्ष्मी प्राविबाट आफ्नो प्राथमिक तहको अध्ययन पुरा गरेका इन्जिनियर सजन श्रेष्ठले आफ्ना पिता पुष्पदास श्रेष्ठको हातबाट एक कार्यक्रमका बिच महालक्ष्मीका ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजन बलामी, प्रधानाध्यापक उषा श्रेष्ठ, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता थियो ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्