गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ । नेपाल सरकारले जेठ १ गतेबाट शनिबार र आइतबार बिदा लागू गरे पनि बारपाक सुलिकोटले भने शनिबार मात्रै बिदा दिने निर्णय गरेको हो ।

जेठ १५गते बसेको कार्यपालिका बैठकले आइतबार बिदा नदिने निर्णय गरेको हो । ‘विकट भूगोल छ, कोरोन पछि बल्लबल्ल विद्यालय पनि नियमित भएका छन्, दुई दिनको बिदा औचित्य नभएको जस्तो देखियो,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने ।

आइतबारदेखि बिहीबारसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह पाँच बजेसम्म रहने छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म कार्यालय समय रहने गाउँपालिकाले जनाएको छ । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय समय रहने छ ।

पालिका प्रेस
थप जानकारी