क्षयरोग मुक्त नेपाल अभियानअन्तर्गत् थाहा नगरपालिकामा क्षयरोग रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम २० जेठमा सम्पन्न भएको छ । थाहा नगरपालिकाको आयोजनामा शिखरकोटस्थित शंकर होटलमा कार्यक्रम भएको हो ।
अभिमुखीकरणमा थाहाका १२ वटै वडामा रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र सहरी स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई थाहा नगरपालिका क्षयरोग कार्यक्रम संयोजक प्रदिम्न हमालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा क्षयरोगबारे जानकारी गराउनुका साथै सो रोगको रोकथाम र नियन्त्रणका उपायहरुका बारेमा अभिमुखीकरण गरिएको थियो । सो अवसरमा थाहा नगरपालिकाका स्पाथ्यकर्मीहरु सन्तोष केसी, स्वेता पराजुली लगायतको सहभागिता रहेको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्