बागमती प्रदेश युवा परिषद्ले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा मकवानपुर र चितवनबाट २÷२ जना विद्यार्थी दोस्रो चरणका लागि छनोट भएका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिताबाट मकवानपुरका सुनिल न्यौपाने र मनिका बलामी दोस्रो चरणमा प्रवेश गरेका हुन् । बलामी थाहानगरकी हुन् । त्यस्तै चितवनका दीक्षा चालिसे र सुगम पोखरेल पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।

९ कक्षादेखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थी लक्षित गरी प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट जिल्लास्तरीय छनोट हुने र असार ४ गते प्रदेशस्तरीय प्रतियोगिता हुने प्रदेश युवा परिषद्का कार्यकारी उपाध्ययक्ष सन्तोष चौलागाईले जानकारी दिए । युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत ‘सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धनः बागमतीमा युवा सशक्तीकरण’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । जिल्लास्तरीय प्रतियोगितामा मकवानपुरबाट ८ जना, चितवनबाट ५ जना विद्यार्थी सहभागी थिए ।

जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट छात्र र छात्रालाई जनही ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ भने प्रदेशस्तरीय प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

पालिका प्रेस
थप जानकारी