विश्व वातावरण दिवसको अवसरमा थाहा नगरपालिका र पालुङ बहुमुखी क्याम्पसको संयुत्तः आयोजनामा वृक्षारोपन कायृक्रम भएको छ । पालुङ बहुमुखी क्याम्पसर परिसरमा वृक्षारोपन गरिएको हो ।

‘पृथ्वीको संरक्षण, दीगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने मुल नाराकासाथ ५० औं विश्व बातावरण दिवसका अवसरमा भएको कार्यक्रम वन, वातावरण तथा विपद व्यवस्थापन समिति थाहा नगरपालिकाका संयोजक तथा ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको संयोजक रायमाझी र क्याम्पस प्रमुख राजन मिश्रले वृक्षारोपन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बम बहादुर सिन्तान, थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेल, रोगजार संयोजक कुमार नेगी, पत्रकार शम्भू अधिकारी क्याम्पसका प्राध्यापकहरु, तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

वृक्षारोपन कार्यक्रम पालुङ बहुमुखी क्याम्पस प्रमुख राजन मिश्रको सभाध्यक्षतामा भएको थियो ।

 

पालिका प्रेस
थप जानकारी