मकवानपुर थाहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनीधिहरुलाई टिष्टुङ क्षेत्रको साँस्कृतिक, तथा पुरातात्विक सम्पदा र कृषि भूमिलाई जोगाइदिन आग्रह गरिएको छ । टिष्टुङ बज्रबाराही नेवा पुचः र हली नेवाः गुठिको संयुक्त आयोजनामा तथा टिस्टुङ रिसोर्टको प्रायोजनमा २२ जेठमा एक कार्यक्रमको आयोजना गरी स्थानीयहरुले यस्तो आग्रह गरेका हुन् ।

बज्रवाराहीको टिस्टुङ रिसोर्टमा आयोजित नवनिर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा टिस्टुङ बज्रवाराही नेवा पुचःखासगरी टिस्टुङ बज्रवाराही क्षेत्रको विकास, मौलिक कला संस्कृति संरक्षण र जनजिविकाको सहजीकरण गर्दै आइरहेको संस्था भएको समेत जानकारी गराइएको थियो । संस्थाले एम्बुलेन्स संचालनदेखि सास्कृतिक सम्पदा गर्दै आइरहेकोले आगामी दिनमा पनि थाहा नगरसंग समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष हरि गोपाल श्रेष्ठले बताए ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टलाई ध्यानाकर्षण पत्र समेत बुझाउँदै टिस्टुङ नेपालको ऐतिहासिक र पुरातात्विक क्षेत्र भएको र लिच्छवि कालिन राजा अंशुबर्माको शिलालेख यसै क्षेत्रमा रहनु, देशको राजधानी नजिकै रहेको यश क्षेत्रको आफ्नै मौलिकता र परम्परा रहेकोले यसको संरक्षण गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएको छ । टिष्टुङ क्षेत्रमा मौलिक घरहरुको संरक्षण र निर्माण गर्न नगरपालिकाबाट विशेष नीति बनाइ त्यसका लागि अनुदानको व्यवस्थ ागर्न पनि ध्यानाकर्षण पत्र मार्फत भनिएको छ । उनीहरुले कृषि उपजभुमी अतिक्रमणमा पर्दै कृषि योग्य जमिनमा अव्यवस्थित बसोबास गर्ने क्रम बढेको समेत चिन्ता व्इक्त गरिएको छ । पालिकाले सार्वजनिक जग्गाहरु संरक्षणमा जोड दिनूपर्ने सवाल समेत ध्यानाकर्षण पत्रमा समेटिउको छ ।

टिस्टुङ बज्रवाराही नेवाः पुचः का अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हली गुठिका केन्द्रिय अध्यक्ष जुजुमान श्रेष्ठ, बज्रवाराही बजार ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र श्रेष्ठ, हलि नेवाःगुठिका केन्द्रिय उपाध्यक्ष बिनोद महर्जन, केन्द्रिीय सदस्य भवानी प्रधान, ओखरबजार शाखा अध्यक्ष बिजय मल्ल निवर्तमान नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली तथा नवनिर्वाचित प्रमुख विष्णु विष्ट, उपप्रमुख भरत गोपाली तथा अन्य नवनिर्वाचित जनप्रतिनिधि र गूठी सदस्यहरूको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी