मकवानपुरको थाहानगरमा क्रियाशील थाहा होटल एशोसिएशनले समग्र पर्यटन विकासका लागि योजनावद्ध रुपमा अघि बढ्न थाहा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’लाई भेटेर २३ जेठमा एशोसिएशनका पदाअधिकारीहरुले पर्यटन प्रवद्र्धनमा ठोस काम गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

थाहानगगरको आधार, कृषि पर्यटन र पूर्वाधार भनिएपनि पर्यटन विकासका खास योजनाहरु संचालन भएको भन्दै ठोस योजना निर्माण गरी कार्यान्वयन गर्न नगरपालिकालाई अनुरोध गरेका छन् । होटल एशोसिएशनले सामूहिक छलफल गरी पालिकाको ध्यानाकर्षण गराएको एशोसिएशनका अध्यक्ष शिव कुमार खत्रीले बताए ।
पालिकामा विज्ञसहितकोे पर्यटन शाखा स्थापना गर्नुपर्ने, पालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सूची सार्वजनिक गर्नुपर्ने, एकीकृत पर्यटन प्रवद्र्धनको योजना निर्माण गर्नुपर्ने, पालिका क्षेत्रको पर्यटकीय क्षेत्रहरुमा नियमित विद्युत आपूर्त हुनुपर्ने ध्यानाकर्षण पत्र मार्फत माग गरेका छन् । त्यस्तै पालिका क्षेत्रमा नेपाल टेलिकमको सेवा गुणस्तरीय नभएको र त्यसलाई थप व्यवस्थित गर्न नगरले समन्वय गरिदिन पनि माग गरिएको छ भने पर्यटकहरुलाई नगरको प्रमुख पर्यटकीय क्षेत्रमा सहजै घुम्न जानका लागि सार्वजनिक स्थान र नाकाहरुमा नक्साहरु र पर्यटकीय संकेत चिन्ह राख्न पनि माग गरिएको छ ।

एशोसिएशनले नगर क्षेत्रका होटल तथा रिसोर्टको वर्गिकरण, सार्वजनिक शौचालय तथा डष्टविनको व्यवस्था, आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई सहज आवागमनका लागि ट्याक्सी तथा अटो भाडामा एकरुपमा ल्याउन पनि माग गरिएको छ । पर्यटकहरुलाई मध्येनजर गर्दै पर्यटकहरु भेला हुने सार्वजनिक स्थानहरुमा फ्रि वाइफाई जोनका रुपमा विकास गर्न पनि भनिएको छ । पर्यटन वडा प्रोफाइल निर्माण, दीघकालिन फोहोरमैला व्यवस्थापन गरिदिन पनि एशोसिएशनले नगरपालिकालाई अनुरोध गरेको छ ।
नगरपालिकामा ध्यानाकर्षण बुझाउनका लागि चित्लाङ अर्गानिक रिसोर्टका देवेन्द्र नेपाल, गौरी शंकर होटल दामनका शिव कुमार खत्री, शंकर होटलका शनिश गोपाली, फेमिली होटलका उकेशचन्द्र केसी, डाँडाघरे होमस्टेका माधव कार्की, चित्लाङ रिसोर्टका राशरण नेपाल, साहारा रिसोर्टका हरेराम कार्की, सुनगाभा रिसोर्टका अनिल विष्ट, ओम अध्ययाय रिसोर्टका अर्जुनसिं ठकुरीलगायतका होटल व्यवसायीहरु थाहा नगरपालिका पुगेका थिए ।

पालिका प्रेस
थप जानकारी