मकवानपुरको थाहा नगरपालिकाको सहयोगमा अपाङ्ग सरोकार केन्द्रले विकास घर शिखरकोटमा अन्तरक्रिया कार्यक्रम गरेको छ । २४ जेठमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम अपाङ्ग सरोकार केन्द्र थाहानगरका अध्यक्ष मनलाल गोपालीको अध्यक्षतामा भएको थियो ।

अपाङ्ग सरोकार मञ्च मकवानपुरका अध्यक्ष ठाकुराम थापाले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथी थाहानगर प्रमुख विष्णु विष्ट रहेका थिए । कार्यक्रममा नगर प्रमुख प्रमुख अतिथी ‘आदर्श’ले राज्यले दिने सेवा सुविधालाई निरन्तरता दिदै शारीरिक अपाङ्गता भएका ब्यक्तिलाई आत्मनिर्भरता बनाउन, सीपमुलक कार्यक्रमहरु नीति तथा कार्यक्रममा स्थान दिने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रियामा थाहा नगर उपप्रमुख भरत गोपाली, थाहा नगरपालिका सामाजिक विकास संयोजक दिनेश बल, आर्थिक विकास समिति संयोजक हेरमान गोपाली, २ नम्बर वडाध्यक्ष बहादुर सिन्तान, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र रायमाझी ४ का नारायण लामा कार्यपालिका सदस्यहरु पवित्रा कार्की, चन्द्रमाया थिङ, रितु कार्की, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, महिला बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा मोक्तान, सामी परियोजनाका सहजकर्ता मेलिना खत्री, थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगीलगायतका उपस्थिति रहेको थियो । कार्यक्रमलाई दिप न्यौपानेले सहजीकरण गरेका थिए ।

अन्तरक्रियामा थाहा नगरपालिका भित्र रहेका विभिन्न किसिमका अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थित रहेको थियो । उनीहरुलाई अन्तरक्रिया कार्यक्रममा अपाङ्गता हुने कारण, वर्गीकरण तथा मान्यता सम्बन्धि जानकारी गराइएको थियो । अपाङ्गता भएको व्यक्तीको सफलता र सुखद् जिवनयापन गर्न गराउन समाज बाधक हुन नहुने र उनीहरुलाई गर्न गराउन नहुने तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रयोग गरिने मर्यादित शब्दहरुको बारेमा पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा नगरभित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका ब्यक्तिहरुको गुनासो नीति तथा कार्यक्रममा राखी सीपमुलक, आयमुलक तालिम तथा सामाग्री प्रदान गर्न नगरपालिकासंग माग राखेका थिए ।

पालिका प्रेस
थप जानकारी