थाहा नगरपालिका क्षेत्रका १६ सामुदायिक विद्यालयमा अध्ययन गर्ने अपाङ्गता भएका अभिभावकका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । २५ जेठमा विकास घर शिखरकोटमा थाहा नगरपालिकाको समन्वयमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

बागमती प्रदेशको आर्थिक सहयोग, अपाङ्ग सरोकार समिति थाहानगरको आयोजनामा कार्यक्रम भएको हो । थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर क्षेत्रका ५१ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, ४ नम्बर वडा अध्यक्ष अध्यक्ष नारायण लामा, जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्की, थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीलगायतकाको उपस्थिती रहेको थियो। कार्यक्रम अपाङ्ग सरोकार समिति थाहा नगरपालिकाका अध्यक्ष मनलाल गोपालीको सभाध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी