फोटो सौजन्य: निरज रायमाझी, पालुङ जेसीज

मकवानपुर थाहा नगरपालिका थानाबजारमा निःशुल्क आँखा शिविर भएको छ । २ असारमा भएको शिविरमा २० जनामा मोतिया विन्दूका विरामी पत्ता लागेको छ ।

शिविरमा १ सय १७ जनाको आँखा परीक्षण भएको छ । मोतिया बिन्दू पत्ता लागेकाहरुको तिलगंगा आँखा केन्द्र थाहानगरमै शल्यक्रिया हुने पालुङ जेसीज वर्ष २०२२ का महासचिव निरज रायमाझीले जाननकारी दिए ।

हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा थाहा नगरपालिका, पालुङ जेसीजको स्थानीय व्यवस्थापन तथा भिजन हिमालय फाउन्डेसन, स्विजरल्याण्डको सहयोगमा शिविर भएको हो । कार्यक्रममा पालुङ जेसीजका वर्ष २०२२ का अध्यक्ष जयराम खत्रीलगाएत सम्पूर्ण पालुङ जेसीज वर्ष २०२२ का बोर्डका पदाधिकारीहरूको सहभागीता रहेको थियो।

पालिका प्रेस
थप जानकारी