मकवानपुर थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माविको व्यवस्थापनमा ३ असारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा चौथो मेयरकप भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता जनकल्याण माविको खेल मैदान र इन्द्रायणी खेलमैदानमा भैरहेको छ ।

प्रतियोगिताको थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टले उद्घाटन गरे । कार्यक्रममा नगर प्रमुख विष्टले खेलाडी उत्पादनको क्षेत्र नै विद्यालय भएको हँुदा नगरमा खेलाडी उत्पादन गर्न प्रतियोगिताको ठूलो भुमिका रहने बताउ । उनले खेलकुदबाट अनुशासन पनि सिक्ने बताए । विद्यालयस्तर हुँदै जिल्लास्तरीय प्रतियोगितामा थाहानगरको नाम राख्न यस किसिमको खेलकुद प्रतियोगिताले सहयोग गर्ने बताउँदै सबै खेलाडी विद्यार्थीहरुलाई शुभकामना दिए ।

प्रतियोगिता उद्घाटन समारोहमा थाहानगर उपप्रमुख भरत गोपाली, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, शाखा अधिकृत माधव विक्रम मल्ल, रनिङ शिल्ड आयोजक समितिका सदस्य सचिव सानोभाइ कार्की, आयोजक समिती सदस्य सुरेन्द्रमान प्रधान, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र रायमाझी , ४ नम्बर अध्यक्ष नारायण लामा, ५ नम्बर वडा अध्यक्ष बिष्णु बहादुर गुरुङ, १२ नम्बर वडा अध्यक्ष का टिकाराम स्याङ्तान, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सुचना अधिकारी सुरज कुमार भुजेल, पत्रकार शम्भु अधिकारी, सहभागी विद्यालयका खेल शिक्षक तथा प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रम जनकल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ््तानको अध्यक्षतामा भएको थियो ।

पहिलो दिन कस्ले जिते ?

प्रतियोगिता अन्तर्गतको मार्चपासमा थाहा–१० को नाट्यश्वर मावि टौखेल प्रथम भएको छ । प्रतियोगितामा जनकल्याण मावि दोस्रो र सुनौला मावि तेस्रो भएको हो ।

त्यसैगरी सटफुट थ्रो (छात्र) तर्फ सुन्दरीदेवी मावि डाँडाबासका गोबिन्द ओड प्रथम, मत्स्यनारायण मावि सोल्टुका सुमन स्याङ्तान दोस्रो, बागेश्वरी मावि नौखण्डेका अजय मोक्तान तेस्रो भए भने छात्रा तर्फ कृपा बलामी झम्केश्वरी मावि प्रथम, डोल्मा तामाङ जनकल्याण दोस्रो, दिब्या लो जनकल्याण तेस्रो भए ।

लङजम्प (छात्रा) तर्फ सजना विक नाट्यश्वर, समिक्षा विष्ट जनकल्याण, प्रीया खत्री जनकल्याण क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने (छात्र तर्फ) सरोज बस्नेत जनकल्याण प्रथम, अर्जुन लामा जनकल्याण दोस्रो, कपिल स्याङ्तान बागेश्वरी तेस्रो भएका छन् ।

त्रिपल जम्प (छात्र) तर्फ अभिषेक बलामी सुुनौला प्रथम, अरेश गोपाली जनकल्याण दोस्रो र झम्केश्वरी माविका रुपक घलान तेस्रो भए त्रिपल जम्प (छात्रा) तर्फ बिनिता बलामी झम्केश्वरी प्रथम, समिक्षा विष्ट जनकल्याण दोस्रो, सकिरा मिया जनकल्याण तेस्रो भएका छन् ।

हाइजम्प छात्रतर्फ जनकल्याणका रितेश घिसिङ प्रथम हुदा जनकल्याणकै सरिफ मिया दोस्रो तथा स्वच्छन्द भैरव चित्लाङका विकेश लामा तेस्रो भए भने छात्रातर्फ हाइजम्पमा जनकल्याणका सबिना श्रेष्ठ, सन्ध्या गोले क्रमशः पहिलो र दोस्रो हुँदा झम्केश्वरीकी बिनिता बलामीले तेस्रो स्थानमा चित्त बुझाइन।

त्यसैगरी मार्शल आर्टको छात्र कराते तर्फ ४२ केजि तौल समुहमा सुसान्त दोङ जनकल्याण प्रथम,४७ केजि तर्फ बज्रबाराही माबिका इमन बलामी तथा ५२ केजी तौलको प्रतिस्पर्धामा सरस्वती मावि देउखेलका विशाल लो प्रथम भए भने कातातर्फ बज्रबाराहीका अन्जल श्रेष्ठ र जनकल्याणका सुशान्त श्रेष्ठले स्वर्ण हात पारे । त्यस्तै छात्रा कराते तर्फ ४० केजी तौल समुहको सौजिता गोले जनकल्याण मावि, ४५ केजी तौल प्रमिला थोकर जनकल्याण र ५० केजी तौल समुहमा बज्रबाराहिकी बबिता बलामी बिजयी भइन् ।

एकसय मिटर छात्र दौडमा बज्रबाराहिका रशिश थापा मगर प्रथम, सुनौलाका राज बलामी दोस्रो, तथा जनकल्याणका आरेश गोपाली तेस्रो भए भने छात्रातर्फ जनकल्याणकी प्रिया खत्री प्रथम, हिमालयन बोर्डिङकी कृपा कार्की दोस्रो र इन्द्रायणी मावि आग्राकी कोपिला ढकाल तेस्रो भइन् ।

त्यस्तै मेयरकप छात्र भलिबल प्रतियोगितामा जनकल्याण, सरस्वती मावि, सुन्दरीदेवी, बज्रबाराही बिजयी भए भने छात्रा भलिबल तर्फ मत्स्यनारायण, नाट्यश्वर, जनकल्याण, नाट्यश्वर बिजयी भएका छन । पहिलो दिनको खेल सौहार्द रुपमा संचालन गर्न सहयोग गर्ने सहभागी विद्यालय हरुलाइ ब्यबस्थापकिय जिम्मेवारी पाएको जनकल्याण माबिले आभार व्यक्त गरेको जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीलेले प्रतिक्रिया दिए ।

थाहानगरको १४ विद्यालय सहभागी प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबर्डी र मार्शल आर्टका खेल समावेश रहेको छ ।

पालिका प्रेस
थप जानकारी