मकवानपुर थाहा नगरपालिकामा संचालन भैरहेको राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयरकप भलिबल प्रतियोगितामा सबैभन्दा बढि जनकल्याण माविले स्वर्ण पदक हात पारेको छ । थाहा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको व्यवस्थापक विद्यालय जनकल्याणले हालसम्म १० स्वर्ण हात पारिसकेको छ । प्रतियोगितामा जनकल्याणले ८ रजत र ४ काश्य पदक हात पारेको छ ।

प्रतियोगितामा झम्केश्वरी माविले ४ स्वर्ण र ३ काश्य पदक हात पारेको छ भने बज्रवाराही माविले ४ स्वर्ण पदक पाएको छ । त्यस्तै नाट्यश्वर माविले ३ स्वर्ण र २ रजत पदक, बागेश्वरी मावि थाहा–११ जे १ स्वर्ण, १ रजत र ३ काश्य पदक पाएको छ भने सुन्दरी देवी मावि डाँडाबासले १ स्वर्ण र १ काश्य पदक पाएको छ ।

सरस्वती माविले १ स्वर्ण पदक मात्र पाएको छ । हिमालयन स्कूलले १ रजत, पालुङ भ्याली हार्ट एकेडेमीले १ काश्य, स्वच्छन्द भैरब मावि चित्लाङले १ काश्य, इन्द्रायणी मावि मोरियाले १ काश्य पदक पाएको छ ।

प्रतियोगितामा इअन इङ्लिस स्कूल बज्रवाराही, सरस्वती विद्यामन्दिर बज्रवाराही र पालुङ मोडर्न इङ्लिस मिडियम स्कूलले कुनै पनि पदक हात पार्न सकेका छैनन् । थाहानगरका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको समापन ५ असारमा हुनेछ ।

पालिका प्रेस
थप जानकारी