बालविवाह विरुद्ध तथा महिला हिंसा बिरुद्धको दुई दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम भएको छ । मकवानपुर थाहा नगरपालिका सामाजिक विकास शाखाको सहयोग तथा दामन चेली समाजको आयोजनामा विकास घर शिखरकोटमा कार्यक्रम भएको हो ।

कार्यक्रममा थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने चेली समाजका अध्यक्ष जयन्ती रायमाझी, दामन चेली समाजका कार्यक्रम संयोजक शकुन्तला गोपाली, सचिव राममाया खत्री, लगायतका उपस्थिति रहेको थियो । अभिमुखिकरण कार्यक्रममा थाहा नगरपालिकामा बालविवाह न्यूनीकरणको बारेमा शाखा प्रमुख अनिल लामिछानेले सहजीकरण गरेका थिए भने महिला हिंसा बारेमा थाहा नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रतिमा मोक्तानले सहजीकरण गरिन् ।

अभुमुखिकरण कार्यक्रममा नगरभित्रका महिला तथा किशोरी हरुको सहभागिता रहेको थियो। सहजीकरण कार्यक्रममा थाहा नगरपालिका भित्र हुने बालबिवाह र महिला घरेलु हिंसा समस्या र समाधानको उपाय विषयमा सहभागी र सहजकर्ता बिच छलफल गरीएको चेली समाजका उर्मिला गोपालीले जानकारी दिइन् ।

पालिका प्रेस
थप जानकारी