राक्सिराङ गाउँपालिकाले वर्षा सुरु भएसँगै बढ्न सक्ने विपद ब्यवस्थापन तथा जोखिम न्युनिकरणका लागि तयारी थालेको छ । गाउँपालिकास्तरिय विपद ब्यवस्थापन समिति निर्माण गरि भैपरि आउने विपदको जोखिम नियन्त्रणमा गाउँपालिकाले सक्रियता देखाएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको संयोजकत्वमा विपद ब्यवस्थापन समिति निर्माण गरिएको छ । समितिमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रसाशकिय अधिकृत, बिषयगत समितिका संयोजकहरु, सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रिय मान्यताप्राप्त दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिध, निजि क्षेत्रका संघसंस्थाका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र पत्रकार महासंघको प्रतिनिधि सदस्यका रुपमा रहेका छन ।

समितिले विभिन्न योजना निर्माण गरि काम गर्ने अध्यक्ष मल्लले बताए । समितिकै मातहातमा रहने गरि वडास्तरमा समेत वडास्तरिय विपद ब्यवस्थापन समिति निर्माण गरिनेछ । त्यस्तै वडावडामा विपदमा खटिनका लागि स्वयमसेवक दस्तासमेत निर्माण गरिने अध्यक्ष मल्ले बताए । प्रत्येक वडामा १० जना स्वयमसेवक विपदमा खटाउनका लागि तयारी अवस्थामा राखिने उनले बताए ।

विपदको जोखिम न्युनिकरण र नियन्त्रणका लागि वडा वडाबाट तोकिएका स्वयमसेवक र विपद ब्यवस्थापन समितिमा रहेका सबैलाई विपद ब्यवस्थापन, उद्धार तथा तयारीका सन्दर्भमा तालिम प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाले बताए । तालिमपश्चात प्रत्येक वडालाई आवश्यक उपकरण तथा सामाग्री प्रदान गरि विपद ब्यवस्थापनमा तयार पारिने उनको भनाइ छ ।

राक्सिराङ गाउँपालिका भौगोलिक रुपमा विपदको उच्च जोखिममा रहने भएकाले विपद ब्यवस्थापनको टीम तयारी अवस्थामा राखिने गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले बताए । खोलानाला, बाढि पहिरो, चट्याङ तथा हावाहुरीले जुनसुकै बेला समस्या उत्पन्न गराउन सक्ने भएकाले विपद आउनसाथ विपद ब्यवस्थापन समिति र स्वयमसेवक तत्काल खटिने उनले बताए ।

विकट र बर्षामा सवारी आवागमन अबरुद्ध रहने भएकाले राक्सिराङ बिपदको दृष्टिले चुनौतिपुर्ण गाउँपालिका हो । बिकट भौगोलिक अवस्थाकै कारण तत्काल उद्धार तथा स्वयमसेवक परिचालनमा समेत कठिनाई हुने गरेको छ ।

पालिका प्रेस
थप जानकारी