मकवानपुर थाहा नगरस्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनकल्याण माविले हात पारेको छ । जनकल्याण माविले प्रतियोगितामा संचालित २९ विधा मध्ये १२ विधामा स्वर्ण पदक हात पार्दै प्रथम भएको हो । त्यस्तै जनकल्याणले ११ रजत र ५ कास्य हात पारेको छ । एथ्लेटिक्स अन्तर्गत पनि छात्र र छात्रा दुवै विधामा जनकल्याण मावि नै प्रथम भएको छ ।

प्रतियोगितामा ४ स्वर्ण ३ कास्य पदक जित्दै झम्केश्वरी मावि द्वितीय भएको छ भने ३ स्वर्ण ४ रजत ३ कास्य सहित बज्रबाराही मावि तृतीय भएको छ ।

त्यसैगरी चौथो मेयरकप भलिबल प्रतियोगिताको उपाधी थाहा नगरपालिका वडा नम्बर ७ को सुन्दरीदेवी माविले जितेको छ । जनकल्याणलाई पराजित गर्दै सुन्दरीदेवीले उपाधी रक्षा गरेको हो । भलिबलमा बज्रबाराही मावि तेस्रो भएको छ ।

त्यसैगरी छात्रातर्फको भलिबल उपाधी भने जनकल्याणले हात पारेको छ । मत्स्यनारायण मावि सोल्टूलाई पराजित गर्दै जनकल्याणले छात्रा भलिबलको उपाधी जितेको हो । छात्रा भलिवलमा उत्कृष्ट खेलाडी जनकल्याणकी सामना स्याङ्तान, उत्कृष्ट डिफेन्डर जनकल्याणकै किशोरी घलान, उत्कृष्ट स्पाइकर मत्स्यनारायणकी रेविका स्याङ्तान तथा उत्कृष्ट सेटर जनकल्याणकी मुना स्याङ्तान भइन भने छात्र भलिबल तर्फ उत्कृष्ट खेलाडी सुन्दरीदेवीका पुजन गुरुङ तथा उत्कृष्ट स्पाइकर जनकल्याणका कृजल मोक्तान घोषित भए।

उत्कृष्ट हुने विद्यालय तथा खेलाडीहरुलाई प्रमुख अतिथी नगर प्रमुख विष्णु विष्ट ‘आदर्श’ले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण समारोहमा खेलाडी तथा विद्यालयलाई प्रमुख अतिथी प्रमुख विष्ट, उपप्रमुख भरत गोपाली, आयोजक समितिका सदस्य सचिव सानोभाइ कार्कीललागयतले शुभकामना दिएका थिए । कार्यक्रममा खेलकुद प्रतियोगिताका निर्णायकहरुलाई सम्मान गरियको थियो।

थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माविको व्यवस्थापनमा जनकल्याण माविमा ३ असारदेखि ६ असारसम्म प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा १६ विद्यालय सहभागी भएका थिए । थाहा नगरपालिकाले मेयरकप भलिबल प्रतियोगिताका लागि नगरपालिकाले १ लाख रुपैयाँ तथा अन्य विधाका खेलहरु सञ्चालन गर्नका ६ लाख रुपैयाँ आर्थिक सहयोग रहेको छ । प्रतियोगितामा दौड, कराँते, तेक्वान्दो र एथलेटिक्स तर्फका खेलहरु समावेश रहेको थियो।

कस्को पदक कति ?

थाहा नगरपालिकाको जनकल्याण माविको व्यवस्थापनमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ३ को जनकल्याण माविले १२ स्वर्ण, ११ रजत र ५ काश्य पदक पाएको छ । झम्केश्वरी माविले ४ स्वर्ण र ३ काश्य पाएको छ भने नाट्यश्वर मावि टौखेलले ३ स्वर्ण र २ रजत पाएको छ ।

त्यसैगरी बज्रवारहाी माविले ३ स्वर्ण, ४ रजत र ३ काश्य, सरस्वती मावि देउखेलले १ स्वर्ण, सुनौला मावि बज्रवाराहीले २ स्वर्ण र २ काश्य, सुन्दरीदेवी मावि आग्राले २ स्वर्ण र १ काश्य, बागेश्वरी मावि टिष्टुङले १ स्वर्ण, १ रजत र ४ काश्य, इअन इङलिस स्कुल बज्रवाराहीले १ स्वर्ण र ३ रजन मत्स्यनाराण माविले ५ रजत ५ काश्य, हिमालयन बोर्डिङ स्कूलले १ रजत, पालुङ भ्याली हार्ट एकेडेमीले १ काश्य पदक पाएको छ ।

त्यस्तै स्वच्छन्द भैरव मावि चित्लाङले १ काश्य, सरस्पती विद्यामन्दिर बज्रवाराहीले २ काश्य, इन्द्रायणी मावि मोरियाले १ काश्य प्राप्त गर्न सफल भयो भने पालुङ बोर्डिङले कुनै पनि पदक नपाई सहभागितामा मात्र चित्त बुझाएको छ ।

पालिका प्रेस
थप जानकारी