मकवानपुर थाहा नगरपालिकाको आयोजनामा बाल भेला भएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना र सुनौलो सामुदायिक सिकाई केन्द्र थाहा–१ को समन्वयमा भेला भएको हो ।

भेलामा नगर बाल सञ्जाल, वडा स्तरीय बाल क्लब, विद्यालयमा गठित बालक्लवहरुका पदाधिकारीहरुको सहभागितामा शिखरकोटको विकास घरमा भेला भएको हो । भेला थाहानगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यमा भएको हो ।कार्यक्रममा थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि हुन गइरहेको नीति तथा कार्यक्रममा बालवालिकाहरुको आवाज सम्बोधन होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । भेलाबाट थाहा नगरपालिकामा गर्न सकिने योजनाका विषयमा छलफल तथा योजना निर्माण भएको छ । भेलाका अवसरमा बालबालिकाहरुले विभिन्न चार समूह बनाई योजना टिपोट गरेका थिए । समूहबाट छनोटमा परेका योजनाहरुको प्राथमिकता समेत सहभागीहरुले गरेका थिए । सहभागी बालबालिकाहरुले बालकेन्द्रित योजना छनोट गरेका छन् । बालबालिकाले छनोट गरेको योजनालाई कार्यान्वयन गर्न नगरपालिकालाई अनुरोध गरेका छन् ।

कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले कार्यक्रमबाट माग भएका बाल आवाजलाई कार्यान्वयनको लागि आफ्नो तर्फवाट सम्बोधन गर्न कार्यपालिकालाई अनुरोध प्रतिवद्धता व्यक्त गरे । जनकल्याण मा.वि. का प्रधानाध्यापक सानोभाई कार्कीले बालबालिकाहरुवाट प्रस्तुत माग तथा अवधारणा विचारणीय, सोचनिय र मननिय रहेकोले अभिव्यक्त गर्दै सम्वन्धित निकायवाट यसको कार्यान्वयन गर्नुपर्ने बताए । बालबालिकाहरुका लागि नीति निर्माण भइरहँदा बालबालिकाककै आवाज उत्थान हुने गरि कार्यक्रम गरिनु सान्दर्भिक भएको कुरा बज्रवाराही मा.विं का प्रधानाध्यापक रमेशमान डंगोलले बताए ।

कार्यक्रममा वडा अध्यक्ष हिरेन्द्र रायमाझी, नारायण लामा, शिक्षा शाखा अधिकृत माधव विक्रम मल्ल, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, सुचना अधिकारी सुरज कुमार भुजेल, इन्द्राययणी मा.वि.का प्रधानाध्यपक नारायण बहादुर कार्की, सरस्वती मा.वि.का प्रधानाध्यापक राजेन्द्र थापा, झम्केश्वरी मा.वि.का प्रधानाध्यापक उद्धव प्रसाद आचार्य, मत्स्यानारायण मा.वि.का प्रधानाध्यापक विष्णुहरि ढकाल लगायत विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

बालबालिकाले तयार गरेको योजना र नीतिगत सवाललाई पालिकाको नीति तथा कायृक्रममा समेट्न ९ असारमा नगर प्रमुखलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको विषयमा थाहा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य प्रकाश पार्नुभएको कार्यक्रमको समन्वय तथा संचालन सुनौलो सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रुपचन्द्र गोपालीले गरेका थिए । कार्यक्रम थाहानगर बाल सञ्जालकी अध्यक्ष खुसी गोपालीको सभाध्यक्षताममा भएको थियो ।

पालिका प्रेस
थप जानकारी