मकवानपुरको थाहा नगरपालिकाले वडाबाट संकलित व्यवसाय कर र घर बहाल कर सम्बन्धीत वडामै ३० प्रतिशत दिने नीति लिएको छ । १० असारमा नगर उपप्रमुख भरत गोपालीबाट आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तुत नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।

व्यवसाय र घरभाडा कर वडाबाटै संकलन गर्ने र संकलित रकमको ३० प्रतिशत रकम वडालाई नै विकासका लागि उपलब्ध गराउने भएको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्ते नगरको आन्तरिक स्रोत बढाउनका लागि प्राकृतिक श्रोत व्यवस्थापनमा जोड दिने भएको छ । घर वहाल कर, एकिकृत सम्पत्ति कर, व्यवसाय कर, कृषि उपज निकासी कर, पर्यटन सेवा शुल्क, नदीजन्य, वन जन्य, खानीजन्य वस्तु निकासी वस्तु निकासी कर नगरको मुख्य आयश्रोत हुने निित तथा कार्यक्रममा उल्लेख छ ।

थाहानगरले खानी उद्योग संचालन गर्न निजी क्षेत्रलाई आकर्षित गर्ने जनाएको छ । एकीकृत सम्पत्ती करको दरलाई घटाई समायानुकुल परिपार्जन गर्दै दायरा वृद्धि पनि नीति तथा कार्यक्रममा उललेख छ । होटल एशोसिएशनको समन्वयमा पर्यटन शुल्क लगाउन आवश्यक निति निर्माण गर्ने थाहानगरको आगामि आर्थिक वर्षको योजना छ ।

पालिका प्रेस
थप जानकारी