मकवानपुर थाहा नगरपालिकाले कृषि र पशु क्षेत्रका विज्ञहरु नियुक्ति गरी विज्ञ सेवा उपलब्ध गराउने नीति लिएको छ । १० असारमा थाहानगरबाट पारित नीति तथा कार्यक्रममा यो कुरा समेटिएको छ ।
त्यस्तै थाहा नगरपालिका वडा नम्बर ३ कालाभैरब मन्दिरमा निर्माणको अन्तिम चरणमा रहेको थाहा शीतभण्डार संचालनमा आवश्यक व्यवस्थापन गर्न आगामि वर्षमा विशिष्टीकृत सहकारी संस्था दर्ता गरी हस्तान्तरण गर्ने उल्लेख गरिएको छ । हरेक वडामा सहकारी व्यवसाय विकास गर्न वडावासी, सहकारी संघ सस्थासंग सहकार्य गरी सहकारीसंग साझेदारी कार्यक्रम मार्फत व्यवसाय विकास गरी कृषि, उद्योग, व्यवसाय स्थापना गर्ने थाहाको नीति छ । कृषकलाई व्यवसायीक पशुपालनमा आकर्षण पैदा गराई प्राङ्गारीक मलमा आधारित दिगो कृषि प्रणाली बिकास गर्ने, व्यवसायीक पशुपालनलाई वायो ग्यास उत्पादनकार्य संग जोडेर नवीकरणीय उर्जा प्रर्वद्धर्न गर्ने, थाहा नगर पहाडी हावापानी भएको क्षेत्र भएकोले यहाँको फलफूल, अन्न, र तरकारी उच्च कोटिको हुने तथ्यलाई प्रचार प्रसारमा ल्याई उचीत मूल्यको बजार खोजी गर्ने पनि थाहाको नीति छ ।
कृषि उत्पादनलाई मानव स्वास्थ्य प्रतिकुल नहुने गरि उत्पादन गर्न विषादीको प्रयोग घटाउनुको साथै विषादी प्रयोग गर्ने तरिकाको वारेमा व्यापक जनचेतना विकास गर्ने, कृषि उत्पादनलाई अर्गानिक बनाउन र उच्च मूल्यमा विक्रि गर्न आवश्यक पहल गर्ने, कृषि उत्पादन र वजार मूल्यवारे तथ्याङ्क प्रणाली विकास गर्न आवश्यक पहल गर्ने थाहाको नीति छ ।
थाहा नगरस्तरीय श्रम सहकारी स्थापना गरी नगरको श्रम शक्तिलाई नगर निर्माणमा प्रयोग गर्ने तथा निर्माण र श्रमको क्षेत्रमा काम गर्ने एक व्यवसायिक र सक्षम सार्वजनिक सस्था विकास गर्ने, बाली लगाउनु पूर्व कृषक समुहहरुलाई विज्ञको राय सुझाव अनुसार बाली लगाउने व्यवस्था गर्ने गोठ सुधार कार्यक्रमलाई अगाडि बढाइने, पुरानो कुलोहरुलाई पक्की बनाउने, पुराना पोखरी पुनःनिर्माण गर्ने तथा कृषिमा निर्भर लघुउद्यम कार्यक्रम संचालन गर्न अनुदान दिने थाहा नगरपालिकाको पारित नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाको सबै वडाहरुमा कृषि र पशु प्राविधिको पहुँच पु¥याउने तथा कृषि बीमा साँझेदारी कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्