मकवानपुर थाहा नगरपालिका क्षेत्रका सामुदायिक विद्याmयले अंग्रेजी माध्यमबाट पठनपाठन गरे अनुदान पाउने भएका छन् । थाहा नगरपालिकाको ११ औं नगरसभाबाट पारित नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ ।
गुणस्तरीय शिक्षाका लासिग शिक्षकलाई तालिमको व्यवस्था गरी नमुना विद्यालय बनाउन पहल गर्ने, सार्वजनिक शिक्षालाई गुणस्तर युक्त र आकर्षक बनाइने, विद्यालयहरुलाई एक आपसमा एकिकरण गरेर श्रोत र साधनको उच्चतम प्रयोग गर्ने नीति थाहा नगरपालिको रहेको छ ।
त्यस्तै बिद्यालयहरुमा मण्टेश्वरी, इसिडि विधि लागूगरी आधुनिक बिधिवाट सिकाई अवसर सृजना गरी वालवालीकालाई बिद्यालयको पहिलो दिन देखिनै शिक्षामा अभिरुचि हुने अवस्था निर्माण गर्ने, नगरमा रहेको एक मात्र पालुङ बहुमुखि क्याम्पसलाई आकर्षक, गुणस्तरिय वनाई उच्च शिक्षाको भरपर्दो सस्थाको रुपमा विकास गर्ने, थाहा ९, चित्लाङमा स्थापना भएको मदन भण्डारी प्राविधिक विश्व विद्यालयसंग आवश्यक समन्वय गरी नगरमै उच्च प्राबिधिक शिक्षाको प्रवन्ध गर्ने नीति लिइएको छ ।
थाहा १, मा रहेको कृषि विश्वबिद्यालय अनुसन्धान केन्द्रसंग समन्वय गरी थाहा नगरमा उच्च तहको कृषि प्रबिधि अप्नाउने र कृषि क्षेत्रको उच्च शिक्षाको प्रवन्ध गर्ने, देशमा सफल रुपमा सञ्चालित नीजि क्षेत्रका ठूला विद्यालयहरु र कलेजहरुलाई थाहा नगरमा आमन्त्रण गरी शौक्षिक केन्द्रको रुपमा विकास गर्न पहल गर्ने नगरपालिकाको निित छ ।
इसिडि सहजकर्ता र कर्मचारीको पारिश्रमिकलाई समयानुकुल बनाउने, थाहानगरका केही विद्यालयलाई आवाशिय विद्यालयको रुपमा संचालन गर्न आवश्यक अध्ययन गरिने र टिष्टुङको बागेश्वरी माध्यमिक विद्यालयमा आगामि आर्थिक वर्ष स्कूल बस संचालन गर्ने नगरपालिकाको नीति छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्