मकवानपुर थाहा नगरपालिकामा आगामि आर्थिक वर्ष २०७९/०८० मा अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको छ । आक्सिजनकै भरमा दैनिक जीवनयापन गरिरहेका दीर्घरोगीहरुलाई अक्सिजन खरिदमा छुट दिई सहज व्यवस्था गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

थाहा नगर उपप्रमुख भरत गोपालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गरिब असहाय विरामीलाई आर्थिक सहयोगको व्यवस्था गर्ने समेत उल्लेख गरिएको छ । हरेक नागरिकको स्वास्थ्य अवस्थाको तथ्याङ्क राखि नगरको खास स्वास्थ्य अवस्था पहिचान गरेर रोग लाग्न नदिन र रोग लागेको अवस्थामा राम्रो उपचार प्रवन्ध मिलाउन स्वास्थ्य बीमा मार्फत नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सेवा प्रवाह गर्ने पनि थाहानगरको नीति छ ।

गरीव, असहाय नागरिकको स्वास्थ्य उपचारको निम्ति आवश्यक प्रवन्ध मिलाइने, १५ शैंयाको नगर अस्पताल सञ्चालनमा ल्याई सामान्य सबै प्रकारको उपचार नगरमै हुने व्यवस्था मिलाइने,

हरेक वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गर्ने, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई आवश्यक पर्ने नियमित स्वास्थ्य सेवा र सरकारले दिने निशुल्क औषधी सम्भवभएसम्म घरदैलोमै पुर्याउने प्रवन्ध गर्ने पनि नगरपालिकाको नीति छ ।

वडा तहमा रहने सहरी स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसुति सेवा प्रदान गर्ने, नगरमा प्राकृतिक चिकित्सालय स्थापना तथा सञ्चालन गर्न पहल गर्ने, नगरको स्वच्छ हावापानीलाई स्वास्थ्य उपचार र लामो समय आराम आवश्यक पर्ने मानीसलाई आकर्षित गर्न आवश्यक पहल गर्ने, नगरलाई शुन्य घर सुत्केरी नगर घोषणा गर्ने नगरपालिकाको आगामि वर्षको नीति तथा कार्यक्रममा उललेख छ ।

पालिका प्रेस
थप जानकारी