मकवानपुर थाहा नगरपालिकाले दीगो फोहोर व्यवस्थापनका लागि उपर्युक्त स्थानमा ल्याण्फिल्ड साइटका लागि अध्ययन गर्ने जनाएको छ । नगरपालिकाले ११ औं नगरसभामा प्स्तुत निित तथा कार्यक्रम मार्फत ल्याण्फिल्ड साइटको खोजी गर्ने बताउको हो ।

थाहानगरले फोहर व्यवस्थापन क्षेत्रमा उपयुक्त बैज्ञानीक बिधि अपनाउने, नगरका सडक किनारा, नदी किनारा र खाली जमिनमा उपयुक्त प्रजातिका वोट विरुवा रोपी, माटो संरक्षण, भूक्षय नियन्त्रण, हरियाली प्रवद्र्धन एवं नगर शौन्दर्यकरण गर्ने, ामुदायिक वनहरुलाई नगरपालिकामा अभिलेखीकरण गरी सामुदायिक वन उपभोक्ता समिति मार्फत वन व्यवस्थापन कार्यक्रमहरु संचालन गर्ने नीति लिएको छ ।

वातावरण शिक्षालाई व्यवहारिक रुपमा लागू गर्न बिद्यालय र कलेजका विद्यार्थीहरु र शिक्षकवर्गको सहकार्यमा समाजसंग अन्तरक्रिया र परिवर्तनको निम्ति अभ्यास गराइने, नदी, खोला, खोल्सी लगायत पानीका श्रोतहरुमा कुनै पनि प्रकारले ढल मिसाउने, फोहोर गर्ने कार्य हुन नदिने जनाएको छ । पानीका श्रोतहरु संरक्षण गर्न परम्परागत पोखरीहरु पुनःनिर्माण गर्ने, ताल, तलैया, वाँध निर्माण गर्ने, थाहा नगरको वन क्षेत्रलाई उचित संरक्षण, विकास र सदुपयोगको निम्ति बैज्ञानीक वन व्यवस्थापन कायक्रम लागू गरिने छ । यस कार्यमा सामुदायिक वन उपभोक्ता समितिहरुसंग सहकार्य गर्ने नीति लिएको छ ।

भू–संरक्षण तथा जलाधार कार्यालयलाई थाहा नगरपालिकामा स्थान्तरण गर्नका लागि सम्बन्धीत निकायहरुमा पहल गर्ने समेत थाहाको नीति छ ।

पालिका प्रेस
थप जानकारी