मकवानपुर थाहा नगरपालिकाले दामन भ्यू टावरलाई दीर्घकालिन रुपमा संचालन गर्न नीजि क्षेत्रलाई उपलब्ध गराउने नीति लिएको छ । १० असारमा पारित आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा दामन पिकनिक स्पट, दामन सिभन्ज्याङ पार्क निर्माण र गोरखनाथ मन्दिरमा ढुङ्गा छाप्ने काम सम्पन्न गर्ने नीति लिएको छ ।

नगरले तोकेको वास्तु बिधि अनुसारको घर निर्माण गरेर सास्कृतिक पहिचान कायम गरी बनिसकेको घरलाई सास्कृतिक पहिचान कायम गरी परिमार्जन गर्न चाहनेलाई अनुदानको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । थाहा नगरमा विद्यमान नेवार, खसआर्य, तमाङ, गुरुङ लगायत एतिहासिक, सास्कृतिक विविधतालाई संरक्षण र विकास गरेर नगरलाई जीवन्त संग्राहलयको रुपमा विकास गर्ने पनि नीति लिएको छ ।

धेरै खर्च गर्ने पर्यटकलाई लक्षित गर्ने तथा पर्यटकको वसाई लामो वनाउन कार्यक्रम सञ्चालन गर्ने, नगरवासीको थप आय आर्जनको निम्ति होम स्टेको (सामुदायिक पर्यटन) विकास तथा प्रवद्र्धन गर्ने, पर्यटन क्षेत्रको विकासको निम्ति बागवानी केन्द्र, जडीबुटी, बाख्रा अनुसन्धान केन्द्र  लगायतले उपभोग गरेको जमिन व्यवस्थापन गर्न संघीय र प्रदेश सरकारसंग समन्वय नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रसिद्ध ऋषेश्वर महादेव मन्दिर जान सहजताको लागि झोलुङ्गेपुल निर्माण गर्ने, थाहा नगर भरीका रिसोर्ट होटलहरुलाई अनलाइन बुकिङमा आवद्धता गराइने, विभिन्न साहसिक खेल खेल्न उपयुक्त स्थानको पहिचान गरी नीजि क्षेत्रलाई आकर्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी