मकवानपुर थाहा नगरपालिकाले थाहा दिवस ब्यूँताएको छ । पालिकाको १० असारमा सम्पन्न ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा थाहा दिवसलाई ब्युँताइएको हो । यसअघि थाहानगरकै फरक सोच नामक एक समूहले स्वर्गिय रुपचन्द्र विष्टको जन्मदिनका दिन संचालन गर्दै आएको दिवसलाई पालिकाले ब्युँताएको हो । तर नीति तथा कार्यक्रममा कुन दिनलाई थाहा दिवस भन्ने चाहिँ खुलाइएको छैन ।
नीति तथा कार्यक्रममा थाहा दिवसको दिन नगरमा छुट्टि दिने र सो दिन नगरका पार्कहरुमा निःशुल्क प्रवेशको सुविधा दिइने उल्लेख छ । दिवसका दिन पर्यटक र उपभोक्ताहरुलाई सहुलियत दरमा सेवा तथा वस्तु दिने प्रवन्ध गर्न नगरका उद्योगी, व्यवसायीहरुलाई आव्हान गर्ने नीति छ ।
गरीबी मूक्त नगर निर्माणको निम्ति आवश्यक कार्यक्रम निर्धारण गरी कार्यन्वयन गर्ने पालिकाको नीति छ । गरीव परिचय पत्रको आधारमा आवश्यक सेवा, सुविधाहरु प्रदान गरिने नीति तथा कार्यक्रममा उललेख गरिएको छ । थाहानगरको परिचयको निम्ति थाहा प्रवेश गर्ने नाकाहरुमा थाहानगरको परिचय झल्कने गरी मौलिक ढंगका प्रचार सामाग्रीहरु राखिने, रुपचन्द्र विष्टको नेतृत्वमा निर्माण गरेको शिखरकोट स्थित विकास घरलाई पुनःनिर्माणको निम्ति पहल गर्ने, थाहा नगरको प्राकृतिक, सास्कृतिक, कृषि, पर्यटनसंग सम्बन्धीत सुन्दरता झल्कने सुन्दर तस्वीरहरु निर्माण तथा संकलन गरी तस्वीर पुस्तिका, तस्वीर छपाइ गरी विक्रि गर्ने तथा डिजिटल माध्ययमवाट व्यापक रुपमा फैलाउने नीतिमा उल्लेख छ ।
गरीव, असहाय, दलित, जनजाति, महिलालाई प्राथमिकताकासाथ सेवा प्रवाह गर्ने, दलित र महिला समुदायलाई आयमुलक सीप, क्षमता, विकास गरी रोजगार र स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, खाद्य वस्तुको अभावमा भोकै बस्नु पर्ने अवस्था तत्काल अन्त्य गर्न कामसंग खाद्यन्न कार्यक्रम संचालन गर्ने थाहा नगरपालिकाको नीति तथा कार्यक्रममा उललेख छ ।
भूमि हिन सुकुम्वासीको पहिचान गरी जमिनको स्वामित्व प्रदान गर्ने, नापी छुटेका, वर्षैदेखि वसोवास तथा खेतीपाती गरेको जमिनको स्वामित्व नपाएकाहरुलाई संघीय सरकारको नियम अनुसार लालपूर्जा वितरण गर्ने, हरेक वडाको सम विकासको निम्ति वडाको आर्थिक सम्भावनाको पहिचान गरी कार्यान्वयन गर्ने नगरको नीति छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्