मकवानपुर थाहा नगरपालिकामा तथ्याङ्काको आधारमा नगर श्रम बैंक सञ्चालन गरी नगरमा आवश्यक जनशक्ति परिपुर्ति गरिने भएको छ । नगरका बेरोजगारहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई श्रम बैंक मार्फत परिचालन गरी रोजगारीको सृजना गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

थाहा नगरपालिकाको जेसीज सभाहलमा १० भएको ११ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरस्तरीय र जिल्ला स्तरीय खेलकुदहरु संचालन गर्ने पनि उल्लेख छ । खेलाडीहरुलाई आवश्यक प्रशिक्षणको व्यवस्था मिलाइने, यूवालाई खेलकुद, कला, साहित्य क्षेत्रमा अवसर सृजना गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने, यूवालाई स्वरोजगार बनाउन क्षमता विकास कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यूवा वर्गको सीप र क्षमता अभिबृद्धि गर्न पढ्दै सिक्दै कार्यक्रमका साथै आवश्यक सीप विकास तालिम सञ्चालन गर्ने, नगर, स्वदेश, विदेशमा रहेको थाहा नगरको वास्तवीक श्रम शक्ति र उनीहरुको सीप र दक्षताको वारेमा तथ्याङ्क लिने, नगरस्तरीय खेलमा नगरका खेलाडीले मात्र सहभागीता हुने, खेलाडीहरुको सामूहिक बीमा गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी