मकवानपुर थाहा नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा २९ जना विद्यार्थीलाई छात्रवृत्ति तथा १२ जडाका २३ जना दलित समहुदायका व्यक्तिलाई जिविकोपार्जनका लागि सहयोग वितरण गरेको छ ।

पालिकाको दलित लक्षित कार्यक्रम अन्तर्गत थाहा नगरपालिका भित्रका दलितहरुलाइ दलित विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति तथा बिपन्न दलित जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत सहयोग रकम वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए ।

छात्रवृत्ति अन्तर्गत ९ जनालाई स्नातक तह तथा २० जनालाई दश जोड दुई अध्ययन गर्न र जीविकोपार्जन तर्फ पशुपालन तथा कृषि व्यवसाय गर्न सहयोग रकम उपलब्ध गराइएको शाखा प्रमुख अलामिछानेले जानकारी दिए । नगरपालिकाबाट उच्च तह अध्यन गर्ने दलित विद्यार्थी सहितको पहिलो भेला आयोजना भएकोमा सहभागीले खुशी ब्यक्त गर्दै अब लोकसेवा आयोग तयारी कक्षा, एड्भान्स कम्प्युटर लगायतका दलित विद्यार्थी लक्षित कार्यक्रमहरु नगरपालिकाले ल्याउनुपर्ने माग राखेका थिए ।

थाहा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दिनेश बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक समितिका सदस्यहरु पबित्रा ठकुरी, जनक कामी, कार्यपालिका सदस्य राम दर्जी, राम प्रसाद विक, तथा १२ वटै वडाका दलित महिला सदस्यहरुको उपस्थिती रहेको थियो।

सो अवसरमा आगामी वर्षबाट दलित कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल समेत भएको छ । अब पालिकाले योजना वद्ध रुपमा दलित समुदायको शिक्षा, सीप विकास लगायतको विषयमा केन्द्रित योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो ।

पालिका प्रेस
थप जानकारी