मकवानपुर थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट नेपाल स्काउटबाट दिक्षित भएका छन् । स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले आयोजना गरेको एक समारोहबीच विष्ट स्काउटबाट दिक्षित भएका हुन् ।
स्थानीय स्काउट समितिका संयोजक गणेशमान श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा विष्टलाई बागमती प्रदेश स्काउट समिति सदस्य अशोक सारु मगरले दिक्षित गराएका हुन् । स्काउट पोसाकमा रहेका विष्टलाई स्कार्फ, वागल, व्याचसहित पद तथा गोपनियताको सपथ ग्रहण गराएर दिक्षित गरिएको हो । स्थानीय स्काउट संरक्षकको हैसियतमा विष्टलाई दिक्षित गरिएको हो । आफू स्काउटबाट दिक्षित भएपछि समारोहमा बोल्दै विष्टले बालबालिकालाई अनुशासन, नैतिकता, कर्तव्यपरायणता र मानवीय सेवामा लाग्न स्काउटको भूमिका रहेको बताए । थाहा नगरमा स्काउट विस्तार गर्न नगरपालिकाको सहयोग रहने बताउँदै उनले विपद व्यवस्थापनको क्षेत्रमा नगरको अगुुवाइ गर्न स्थानीय स्काउट समितिलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्