अति अपांगता भएका एक व्यक्तिको जीवनमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा तयार पारिएको वृत्तचित्र सार्वजनिक भएको छ । अपांगता भएका व्यक्तिको यौन चाहना, प्रजनन स्वास्थ्य अधिकारलगायतका विषय समेटेर करुणा फाउन्डेसन नेपालले वृत्तचित्र तयार पारेको छ ।

‘लिभिङ विथ डिग्निटी : डकुमेन्ट्री अन सेक्सुअल एन्ड रि–प्रोडक्टिभ हेल्थ राइट्स अफ पर्सन्स् विथ डिस्एबलिटी’ शीर्षकमा तयार भएको वृत्तचित्र शुक्रबार सार्वजनिक गरेको हो ।

डकुमेन्ट्रीमा मकवानपुर जिल्लाको थाहा नगरपालिकाको खानी गाउँका एक विवाहित जोडी पुष्पा र अमिर बम्जनलाई प्रस्तुत गरिएको हो । २२ वर्षीय अमिर र पुष्पाका एकजना दुधे बच्चा छन् । सार्वजनिक डकुमेन्ट्रीले अपांगता भएका व्यक्तिहरूमा हुने यौन र प्रजनन चाहनाको सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

पालिका प्रेस
थप जानकारी