मकवानपुर थाहा नगरपालिकाको आयोजनामा नगर अन्तर्गतका सहकारीहरुका लागि कोपोमिस तालिम शुरु भएको छ । तालिम थाशा नगरपालिकाको नयाँ गाउामा रहेको साहारा रिसोर्टमा शुरु भएको हो । थाहा नगरपालिका अन्तर्गतका सहकारीहरुलाई रिपोटिङ तथा व्यवस्थापनमा एकरुपता ल्याउने उद्देश्यले तालिम संचालन गरिएको हो । कोपोमिस संघीय सरकारले उपलब्ध गराएको इन्टरनेटमा आधारित प्रणाली हो ।

नगरका सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा प्रवद्र्धन गनृका लागि आधारभुत तथ्यांकहरु स्थानीयस्तरदेखी सूचना प्रणाली लागू गर्न सहकारीहरुलाई तालिम दिइएको थाहा नगरपालिका सहकारी शाखा प्रमुख उमेश श्रेष्ठले बताए । नगरपालिकाको नियमन क्षेत्र भित्र पर्ने सबै सहकारी संस्थाहरुको दर्ता, मासिक तथा वार्षिक प्रतिवेदन, निर्वाचन, विनियम संशोधन, कार्यक्षेत्र विस्तार, नयाँ सूचना तथा परीपत्रहरु लगायतका कामहरु यसै प्रणाली मार्फत गर्न सकिने श्रेष्ठले बताए । थाहा नगरपालिका मातहतमा रहेका सहकारी संस्थाहरुको कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिमका सहभागीहरुलाई प्रशिक्षक सगुन ध्वाख्वाले प्रशिक्षण दिइरहेका छन् । यसअघि थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले सहजीकरण गरेका थिए ।

तालिमको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले एक कार्यक्रमकाबीच उद्घाटन गरे । कार्यक्रममा उपप्रमुख गोपालीले तालिमबाट सहकारीलाई नमुना मनाउनका लागि मद्दत मिल्ने विश्वास व्यक्त गरे । उनले आर्थिक क्षेत्रको मेरुदण्डका रपमा रहेको सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि पालिकाले पनि सहयोग गर्ने बताए ।

थाहा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपालीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, नगरका लेखा अधिकृत हरी बहादुर खपाङ्गी, सहकारी शाखा प्रमुख उमेश श्रेष्ठ, सुचना शाखा प्रमुख सुरज कुमार भुजेल, एमआइएस अपरेटर रुपक कार्की, पत्रकार शम्भु अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी