मकवानपुर थाहा नगरपालिकाको आयोजनामा यहि २६ असारदेखि तेस्रो उपमेयरकप खुल्ला ब्याडमिन्टन कप (मेन्स डबल) प्रतियोगिता हुने भएको छ ।

थाहा ४ स्थित क्याम्पाडाडाको ब्याडमिन्टन कबडृहलमा आयोजना हुने प्रतियोगितामा सहभागी हुन टिम दर्ताको लागि आव्हान गरियको छ । टिम दर्ता गर्न शुल्क १ हजार शुल्क तोकिएको छ । थाहानगर भित्र कार्यरत कार्यालयका कर्मचारी वा थाहानगर भित्रका स्थायी बसोबास रहेका व्यक्तिहरु प्रतियोगितामा सहभागी हुन पाउने खेल संयोजक अनिल लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजारका साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछन भने दोश्रो र तेश्रो हुनेले क्रमस १० हजार र ७ हजार नगद सहित मेडल प्राप्त गर्ने छन ।

सुचना:

पालिका प्रेस
थप जानकारी