मकवानपुरका ६ स्थानीय तहले अझै बजेट पेस गरे/नगरेको रिपोर्टिङ गरेका छैनन् । कानुनअनुसार पालिकाहरुले असारको १० गते बजेट पेस गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्छ । यसको विवरण पालिकाहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको ढाँचा अनुसार अनलाइनबाटै प्रविष्ट गर्नुपर्छ ।
मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिका र राक्सिराङ गाउँपालिकाले मात्र बजेट पेश गरेको संघीय मामिला तथा समामान्य प्रशासन मन्त्रालयको वेभसाइटमा विवरण सार्वजनिक छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश, बकैया, मनहरी र भिमफेदी गाउँपालिकाले मन्त्रालयको पोर्टलमा बजेट पेश भएको इन्ट्री गरेका छैनन् ।
सरकारले सुशासन प्रवद्र्धन तथा बेलैमा सूचना प्रवाहको लागि धेरै प्रयास गरे पनि पालिकाहरुले अटेरी गर्दा समस्या भएको मन्त्रालयले जनाएको छ ।

स्रोतः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्