मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कुलेखानीमा बागमती प्रदेशभरका युवाहरुको सहभागितामा दुईदिने गोष्ठी भएको छ । प्रदेशमा अब हुने युवा नीतिका विषयलाई अन्तिम रुप दिनका लागि भेला भएको हो । प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजनामा कार्यक्रम भएको हो ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला युवा समितिका १३ जिल्लाका अध्यक्षहरु, पार्टीका जनवर्गिय संगठनका केन्द्रका अध्यक्षहरु लगायतकाको सहभागितामा युवा नीति बनाउन लागिएको हो ।

कार्यक्रममा नेपाली काग्रेसका बागमती प्रदेशका सचेतक राधा घले, युवा नीति मस्यौदा समिति संयोजक–आरके ढुंगाना, समिती सदस्यहरु महेन्द्र पौडेल, कोपिला, खरेल, सुशील गिरी, रमेश घिमिरे रहनु भएको छ । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियुका अध्यक्ष सुनीता बराल, केन्द्रीय युवा नेताद्वय लेखनाथ न्यौपाने र हिमाल शर्मा, राष्ट्रिय युवा परिषद्का पूर्व उपाध्यक्ष माधव ढुंगेल, बागमती प्रदेशका १३ वटा जिल्लाका जिल्ला युवा समिति संयोजकहरु लगायतकाको सहभागिता रहेको छ ।

पालिका प्रेस
थप जानकारी