मकवानपुर थाहा नगरपालिका स्तरीय उपमेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र प्रथम भएको छ । यो उपमेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण हो । थाहानगरको क्याम्पा डाँडामा रहेको कबर्डहलमा भएको प्रतियोगितामा विद्युत प्राधिकरणले ॐ नमः शिवाय टिमलाई पराजित गर्दै नगरस्तरीय उपाधि चुम्न सफल भएको हो ।

प्रतियोगितामा विद्युत प्राधिकरणको तर्फबाट विरमान रास्कोटी र मधुसुधन चौधरीको समुहले र ॐ नमः शिवायका शक्ती चौरसीया र देव अर्यालले खेलेका थिए । खेलमा ३–२ को सेटमा ॐ नमः शिवायलाई पराजित गरेको हो । विजेता भएसंगै प्राधिकरणले शिल्ड, मेडल, प्रमाण पत्र र नगद १५ हजार रुपियाँ पुरस्कार पाएको छ । दोस्रो भएको र ॐ नमः शिवाय टिमले नगद १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको हो ।

त्यस्तै थाहा नगरपालिका ‘इ’ टिमलाई पछिपार्दै शिखर क्लव तेस्रो भएको छ । शिखर क्लवका तर्फबाट संग्राम विष्ट र नारायण विष्ट प्रतियोगितामा सहभागी थिए भने नगरपालिकाको तर्फबाट अजित घिमिरे र नरेन्द्र मोक्तान सहभागी थिए । तेस्रो भएसंगै शिखर क्लबले शिल्ड, मेडल, प्रमाणपत्र र नगद ७ हजार रुपियाँ पुरस्कार पाएको छ ।
२६ असारबाट शुरु भएको प्रतियोगितको समापन तथा पुरस्कार वितरण कार्यक्रम थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडी तथा टिमलाई प्रमुख अतिथी गोपालीले पुरस्कार वितरण गरे । कार्यक्रममा प्रमुख अतिथी गोपालीले खेलाईहरलाई बधाइ तथा शुभकामना दिए ।

पुरस्कार वितरण कार्यक्रम थाहानगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी शिक्षा शाखाका माधव विक्रम मल्ल, प्रशासन महाशखा प्रमुख अजित घिमिरे, कृषि शाखा प्रमुख संजय तिवारीलगायतकाको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी