मकवानपुरको मनहरी गाउँपालिका वडा नंम्बर–९ की मानसिकरूपमा पूर्ण अशक्त ३२ वर्षिय लिलावती गिरीलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।

नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरसम्म ल्याउन नसक्ने अवस्था रहेकोले मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले आज घरमै पुगेर नागरिकता वितरण गरे ।

उनकाे घरमै पुगी मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती समेतको उपस्थितिमा नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरे । नागरिकता विहिनताको कारणबाट नेपाल सरकार एवं स्थानीय तहबाट प्रदान हुने सुविधाबाट वञ्चित रहेकी लिलावती गिरीले अब ती सुविधाहरू प्राप्त गर्ने सुचिश्चितता भएको प्रमुख जिल्ला अधिकारीले बताए । यसरी घरमै आई मानसिकरूपमा अशक्तलाई नागरिकता प्रदान गरिएकोमा आफूलाई ठूलो राहत महसुस भएको निजको दाइ (संरक्षक)ले खुशी व्यक्तगरे ।