मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अनुसार फाइबरका सिरक खरिद गर्दा पहिलेको कार्यकालका जनप्रतिनिधि र कर्मचारी मिलेर जेष्ठ नागरिकका नाममा समेत अनियमितता गरिएको पाइएको छ ।

जेष्ठ नागरिकको सम्मान अन्तरगत फाइबर सिरक खरिद गर्दा पनि टेण्डर गर्नुको सट्टा सोझै खरिग गरेको महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । १० लाख १७ हजार रुपैयाँ लागतमा खरिद गरिएको सिरकमा पनि पुरै सिरक बितरण गरिएको भपाई नपाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

खरिद गरेका सिरक सबै जेष्ठ नागरिकले बुझेको भपाई पेस गर्नुपर्नेमा ८ सय १५ थान मात्र बुझेको भपाई पेस भएको र अरु ८५ थान सिरक जेष्ठ नागरिकले बुझेको भपाई पेस पनि नभएको र सिरक पनि गाउँपालिकासंग नभएको जनाएको छ । तर, बिल भने पुरै रकमको भएको पाइएको छ ।

महालेखा परिक्षकको कार्यालयको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन यस्तो छ ।

पालिका प्रेस
थप जानकारी