काठमाण्डौंमा १६ असारबाट हुने दोस्रो खुल्ला अन्तराष्ट्रिय कराँते प्रतियोगितामा मकवानपुर थाहानगरबाट ८ जनाले सहभागिता जनाएने भएका छन् । नेपाल गोजुरियो कराते दो संघको आयोजनामा काठमाण्डौंको त्रिपुरेश्वर दशरथ रंगशालाको कवर्डहलमा हुने प्रतियोगितामा थाहानगरबाट सहभागिता हुने भएको प्रशिक्षक मानसिंह दोङले जानकारी दिए ।

प्रतियोगितामा थाहा–४ बाट रिबु केसी, थाहा ५ बाट आकृती तितुङ, थाहा ५ कै सुशान्त दोङ, सुस्मिता दोङ थाहा ४ बाट सन्जिता गोले, थाहा २ बाट कृतिका थोकर, थाहा ३ बाट सन्तोष गोपाली, थाहा ४ बाट अबजित अधिकारी सहभागी हुने भएका हुन् । उनीहरु नेपाल गोजुरियो कराते दो संघ शाखा दोजो थाहाबाट उनीहरु सहभागी भएका हुन ।
थाहाबाट यसअघि राष्ट्रिय प्रतियोगितामा १ गोल्ड मेडल, ५ रजत पदक, १ कास्य पदक प्राप्त गरेका थिए भने यसपटक अन्तराष्ट्रीय प्रतिस्पर्धा हुने भएकोले प्रतियोगिता सहज नहुने प्रशिक्षक मानसिङ दोङले बताए । प्रतियोगितामा नेपालससहित भारत, बंगलादेशलगायतका खेलाडीहरु सहभागी हुदैछन ।

पालिका प्रेस
थप जानकारी