प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा अभिभावक भेलाको अवसरमा पुरस्कार ग्रहण गर्दै अभिभावक शम्भु अधिकारी ।

मकवानपुर थाहानगरको हिमालयन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले एसइई परीक्षा २०७८ मा विद्यालयबाट सहभागी भै उत्कृष्ट नतिजा ल्याउने ५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयले संचालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा अभिभावक भेलाको अवसर पारेर विद्यालयले विद्यार्थी सम्मान गरेको हो। एसइईमा ‘ए’ ल्याउने विद्यार्थीहरु, प्रइसा विष्ट, निश्चल नगरकोटी, सिम्रन कार्की, पुजन विष्ट, प्रतीक रायमाझीलाई विद्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । उनीहरुलाई जनकल्याण माविका प्रधानाध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि सानोभाई कार्की र विद्यालयका संस्थापक पुरुषोत्तम कार्कीले खादा तथा मेडल प्रदान गरी सम्मान गरेका थिए ।

विद्यालयका प्रिन्सिपल बाबुलाल कार्कीको अध्यक्षतामा भएको नतिजा प्रकाशन कार्यक्रममा नर्सरीदेखि १० कक्षासम्मका उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरीएको थियो । कार्यक्रममा अभिभावकहरुसंग विद्यार्थीको शैक्षिक अवस्था र विद्यालयले सुधार गर्नुपर्ने कुराहरुमा अन्तरक्रिया गरिएको शिक्षक संगम कार्कीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी