एकपटक नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता दिन सिफारिस गर्ने रामेछाप उमाकुण्ड ४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार सुनुवारलाई अदालतको आदेशानुसार अनुसन्धानको सिलसिलामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

सुनुवारले रामेछाप प्रीतिकी निर्मला बस्नेतले जन्ममिति समेत परिवर्तन गरी जन्म दर्ता गराउन र दोहोरो नागरिकता लिन सिफारिस दिएका थिए । सिफारिस लिने निर्मला बस्नेत, जन्म दर्ता गराउन सहयोग गर्ने उनकी आमा दिलकुमारी बस्नेत र वडा सचिव पदमकुमारी बस्नेतलाई यसअघि नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध दोहोरो जन्मदर्ता बनाई दोहोरो नागरिकता लिन लागेको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

पालिका प्रेस
थप जानकारी