फोटो सौजन्य: रोशन तामाङ

मकवानपुरको थाहा नगरपालिकाको शिखरकोटमा कृष्णाष्टमीको अवसरमा लिटिल राधाकृष्ण प्रतियोगिता भएको छ । शिखरकोटको कृष्णमन्दिर परिसरमा पहिलो पटक यस किसिमको प्रतियोगिता आयोजना गरिएको हो ।

बजार ब्यबस्थापन समितिको आयोजनामा भएको प्रतियोगिताको अवसर लिटिल लाखे नाच समेत भएको थियो । प्रतियोगिता अन्तर्गत लिटिल कृष्णतर्फ रिदम लामा प्रथम भएका थिए । त्यस्तै रायन तामाङ दोश्रो र सिमन रायमाझी तेस्रो भएका थिए । लिटिल राधा तर्फ स्यानडिना केसी प्रथम भइन् । परिस्ता बानियाँ दोश्रो र अलिसा कार्की तेश्रो भएकी थिइन् । विजयी प्रतियोगीहरुलाई क्रमशः ५ हजार ३ हजार र २ हजार नगद प्राप्त गरे भने सहभागी सबैलाई उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा पालुङ सास्कृतिक समूह तथा गोपाली सास्कृतिक समुहका सहभागीहरुले लिटल लाखे नाच प्रदर्शन गरेका थिए । लाखे नाच प्रदर्शन गर्नेलाई पनि नगद पुरस्कारको ब्यबस्था गरेको आयोजकले जानकारी दिएको छ । कृष्णष्टमीको अवसरमा प्रत्येक वर्ष गरिने घैटोफुटाई प्रतियोगिता ४ भाद्र दिउँसो २ बजे पश्चात संचालन हुने आयोजकले बताएको छ ।

पालिका प्रेस
थप जानकारी