मकवानपुर थाहानगरमा संस्थागत साहित्यको विकास तथा सिर्जनामा क्रियाशिल लक्ष्मण बर्तौला (विर्खे अञ्जान) लाई २०७९ सालको युवा बर्ष मोती पुरस्कार समर्पित गर्ने निर्णय युवा सेवा कोषले गरेको छ।
अञ्जानको आधा दर्जन संयुक्त कृति प्रकाशनको अतिरिक्त अवसान सपना ( कविता सङ्ग्रह २०७२ ) शल्यक्रिया ( समालोचना सङ्ग्रह २०७२ ) कठघरामा देश ( मुक्तक सङ्ग्रह २०७९ ) , मकवानपुरका काव्य : अवलोकन र अध्ययन ( समालोचना सङ्ग्रह २०७९ ) एकल कृति प्रकाशित छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो सबल उपस्थिति र पहिचान बनाउन सफल बिर्खे अञ्जान पालुङ साहित्य परिषद् तथा जन साहित्य मञ्च मकवानपुरका अध्यक्ष समेत हुन् ।
नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पु्र्याएबापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ समर्पित गर्न लागिएको कुरा युवा सेवा कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा वि.सं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशी रु ४० हजार रूपैयाँ रहेको छ। उक्त पुरस्कार भाद्र ११ गते मोती जयन्तीको अवसर पारी लेखनाथ सदन काठमाडौंमा एक समारोहबीच प्रदान गरिने कुरा युवा सेवा कोषका सदस्य सचिव डा . बिष्णुबहादुर भण्डारीले बताए ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्