बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षमा बागमती प्रदेशका सामुदायिक विद्यालयमा बस खरिसदका लागि अनुदान रकम दिने तयारी गरिएको छ । प्रदेशका २७ वटा सामुदायिक बिद्यालयमा बस खरिदका लागि अनुदान रकम दिने तयारी भएको हो । चालु आर्थिक वर्षको बजेट किताबमा २७ वटा साुमदायिक बिद्यालयलाई बस खरिदका लागि रकम अनुदान दिनेगरी बजेट छुट्याइएको शिक्षा विकास निर्देशनलाय हेटौंडाका निमित्त निर्देशक पूर्ण बहादुर दर्जीले जानकारी दिए ।

प्रदेशका बिभीन्न जिल्लाका माध्यमिक तहका विद्यालयलाई २५ लाख रुपैयाँका दरले रकम दिन लागिएको हो । सामुदायिक विद्यालयमा पनि वस भएका कारण टाढाबाट विद्यार्थीलाई विद्यालयसम्म ल्याउनका लागि सहज हुने भएकाले वस खरिदका लागि वागमती प्रदेश सरकारले प्रत्यक वर्ष अनुदान रकम दिदै आएको छ । वितेको आर्थिक वर्षमा वस खरिदका लागि प्रदेश सरकारले सामुदायिक विद्यालयलाई अनुदान रकम दिने भनेपनि जटिल कार्यविधिका कारण एउटा विद्यालयलाई मात्र वसमा अनुदान रकम दिइएको थियो ।

विद्यालय मर्ज भएका बिद्यालयलाई मात्र बस दिने भन्ने कार्यविधीका कारण धेरै विद्यालय मर्ज हुन नसक्दा बस खरिदका अनुदान दिने धेरै रकम फ्रिज समेत भएको छ ।

पालिका प्रेस
थप जानकारी