मकवानपरुको कैलाश गाउँपालिका चौथो बालमैत्री पालिका घोषणा गर्ने तयारीमा जुटेको छ । यसअघि मकवानपुरको मनहरी, बकैया र मकवानपुरगढी पछि कैलाशले यस्तो तयारी गरेको पालिका अध्यक्ष लोकबहादरु मोक्तानले बताए । पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त (सीएफएलजी) पालिका घोषणा गर्ने तयारी गरिएको छ ।

मंसिर २५ गते बालमैत्री पालिका घोषणा गर्ने तयारीस्वरुप सूचक पूरा गर्न तयारी तीव्र पारिएको पालिका अध्यक्ष मोक्तानले जानकारी गराए । पालिकामा भएको स्थानीय संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसंगको अन्तरक्रियामा अध्यक्ष मोक्तानले सूचक पूरा गर्न सन्दर्भमा आवश्यक छलफल तथा परामर्श गर्न पालिकाभित्रका विद्यालयका प्रधानाध्यापक/विव्यस अध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुख, पालिकाका सहजकर्ता तथा महिला तथा बालबालिका क्षेत्रमा विज्ञहरुसंग अन्तरक्रिया गरिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत् बालमैत्री स्थानीय तहका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौबे र सिविन बाल हेल्पलाइन मकवानपुर प्रमुख झवीन्द्र ज्ञवालीले सूचकहरु पूरा गर्न सरोकारवालासंग छलफल गरेका थिए । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम् सूचक तोकिएका छन् । जसमा बालबचाउतर्फ १४, बालसंरक्षणतर्फ १०, बालविकासतर्फ ६, बालसहभागितातर्फ ६ र संस्थागत् विकासतर्फ १५ वटा सूचक छन् ।

दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ताभएको, स्थानीय तह बालविवाहमक्तु भएको, सडक बालबालिकाको संख्या शून्य भएको, ५ देखि १४ वर्ष उमेर समूहका शत् प्रतिशत बालबालिकाले आधारभुत शिक्षा पूरा गरेको हुनुपर्ने लगायत बालबालिकाका अधिकारसंग सम्बन्धित विषयहरु सूचकमा छन् । घोषणापछि कैलाश गाउंपालिका देशकै छैठौं र मकवानपुरको चौथो बालमैत्री पालिका घोषणा हुनेछ । यसअघि मकवानपुरको मनहरी, बकैया र मकवानपरु गढी, पाल्पाको रम्भादेवी र दोलखाको कालिञ्चोक गाउ“पालिका बालमैत्री गाउँपालिका घोषणा भएका छन् ।

पालिका प्रेस
थप जानकारी