मकवानपुर थाहा नगरपालिकाका साहित्यकार बिर्खे अन्जानलाई यसवर्षको युवा मोती पुरस्कार प्रदान गरिएको छ । युवाकवि मोतीराम भट्टको १५७ औं जन्म जयन्तीको अवसरमा काठमाण्डौ लेखनाथ सदन स्रोहखुट्टेमा आयोजित कार्यक्रममा अञ्जानलाइ पुरस्कार प्रदान गरिएको हो ।

मोतीराम भट्टको सम्मानमा स्थापना गरिएको पुरस्कार पाउनु सौभाग्यको रुपमा लिएको अञ्जानले बताए । युवाबर्ष मोती पुरस्कार २०७९ मकवानपुरका कवि तथा समालोचक बिर्खे अञ्जानले प्राप्त गरेका हुन् । संस्थागत साहित्यको विकासका साथसाथै साहित्यिक खोज अनुसन्धानका क्षेत्रमा क्रियाशील अञ्जानका समालोचना, कविता, मुक्तक, गजल विधाका कृतिहरू प्रकाशित छन् ।

नेपाली शिक्षा परिषदको अध्यक्ष रमा शर्मा, पत्रकार तथा साहित्यकार भैरव रिसाललगायतले अञ्जानलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा युवा सेवा कोषका अध्यक्ष प्रदीपमान वै, डा विष्णु भण्डारी तथा स्रष्टा समिति छनोट निर्णायक समितिका संयोजक रमेश खकुरेलले साहित्यमा आइपरेको चुनौतीबारे चर्चा गरेका थिए ।

मोतिराम नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार , समालोचक तथा माध्यामिक कालका प्रवर्तक थिए । थोरै बाँचेर नेपाली साहित्यमा योगदान पु–याएका मोसतराम नेपाली साहित्यका प्रेरक व्यक्तित्व हुन् । मोतिराम १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरूवातकर्ता हुन् । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृतिमा वि स २०४० सालमा राष्ट्रिय युवा कोष स्थापनागरी प्रत्येक बर्ष नेपाली भाषा एवम् साहित्यको श्रृवृद्धिका लागि अतुलनीय योगदान पुर्याउने युवा स्रष्टालाई समर्पित गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी